काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी भइरहेको बताएका छन्।
पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले देशलाई अप्ठेरो पर्दा कम्युनिष्टहरुले नै देशलाई मुक्त गराउने गरेको बताए।
उनले भने, ‘अहिले देखिएको चुनौतीको निकास पुष्पलाललाई आधार बनाएर नयाँ प्रस्तावअनुसार कुनै पार्टीले अहंकार नगरे हुन्छ। मेरै नेतृत्वमा, मैले नै, मैले नै भनेको मान्नुपर्छ भनेर कसैले सोच्छ भने त्यो सम्भव छैन। सबैले हेक्का राखे हुन्छ। नयाँ आधारमा एकताको प्रस्ताव गरेर कम्युनिष्टहरुलाई पुनर्जागृत गरेर एउटै पार्टी बनाउन सक्छौं।’
महासचिव विप्लवले अहिले पनि देशमा ७० प्रतिशतभन्दा धेरै जनता कम्युनिष्टहरुको पक्षमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।