काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्।
भोलि बिहान सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित सामूहिक दबाब यात्रा गर्न लागेका हुन्।
उनको यात्रा भोलि बिहान ७ बजेदेखि कलंकीबाट सुरु हुनेछ। कंलकी-स्वयम्भु-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ। उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।