काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन्।
जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए। उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे।
प्रधानमन्त्रीले देशमा केही भएन भन्ने भाष्य चिर्न आवश्यक रहेको भन्दै जनताले सोचेजति नभए पनि धेरै काम भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।