काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुगेका छन्।
केही समयअघि ओली र देउवा बालुवाटार पुगेका हुन्। उनीहरुबीच छलफल जारी रहेको छ।
अहिले शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन्। यही विषयमा सहमति खोज्नको लागि ओली र देउवालाई बालुवाटार बोलाइएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।