काठमाडौं– सांसदहरूले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरिन्। नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे।
विराटनगर जलमग्न भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्काल उद्धारका लागि आग्रह गरे। कांगेस सांसद रामहरि खतिवडाले प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको बताए। खानेपानी, विद्युत् लगायतमा असर परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।