काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्रीप्रसाद पाण्डेले कर छलीको अनुसन्धान झेलिरहेको चिनियाँ गाडी बीवाईडीको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकसँगको सरकारी हिमचिमले अस्वाभाविक रुपमा नेपालमा गाडी भित्रिरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पाण्डेले साइमेक्स इंकसँगको सरकारी हिमचिमले जेठ १५ भित्र मात्रै अघिल्ला महिनाभन्दा तेब्बर अर्थात २९ सय गाडी भित्रिएको बताए।
विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाका कारण नै अस्वभाविक संख्यामा गाडी नेपाल भित्रिएको उनको भनाइ थियो। ‘त्यसैले यो राष्ट्रघाती र उपभोक्तामारा कृत्यको गम्भीर छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गर्दछु,’ उनले भने।
यस्तै सांसद पाण्डेले संसद् सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै संसदीय कार्यसूचीलाई सुचारु बनाउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।