• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जापानमा देखिएको ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग नेपालमा देखिने सम्भावना कति?

नेपालको तयारी के छ?
रिता लम्साल सोमबार, असार १०, २०८१  १४:५२
1140x725

काठमाडौं- यतिबेला जापानमा मृत्युदर बढी भएको डरलाग्दो भाइरसको संक्रमण बढ्दो क्रममा छ। हालसम्मको तथ्यांक अनुसार जापानमा ९७७ जनामा  ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिइएको एसटिएसएस अर्थात्  'इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम' देखिएको छ। 

यो रोगका कारण जापानमा ७७ जनाको ज्यान गइसकेको छ। जापानमा फैलिरहेको उक्त रोग नेपालमा पनि आउने सम्मभावना रहेको विज्ञहरु बताउँछन्। जापानमा धेरै नेपालीहरु रहेका कारण त्यहाँ रहेका नेपाली पनि जोखिममा रहेको अनुमान गरिएको छ। यसका साथै जापानबाट नेपालमा धेरै मानिसहरु आइरहेका कारण नेपालमा पनि उक्त संक्रमण फैलिन सक्छ? भन्ने जिज्ञासा आउन थालेको छ।

जापानमा फैलिएको उक्त संक्रमणका विषयमा नेपालले कसरी हेरिरहेको छ? नेपालमा उक्त संक्रमण आउन नदिन के कस्ता तयारी भइरहेको छ? लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेलाई प्रश्न सोधेको छ।

डा घिमिरेले नेपाल पनि उक्त रोगको जोखिममा रहेको तर हालसम्म नेपालमा उक्त रोग नदेखिएको जानकारी दिए। उनले जापानमा फैलिरहेको रोगका विषयमा महाशाखाले छलफलहरु अगाडि बढाइरहेको र आगामी १५ गते शनिबार (जुन २९ तारिख) बहुविशेषज्ञहरुसँग थप छलफल पनि राखिएको जानकारी दिए।

'जापानमा धेरै नेपाली रहेका कारण उनीहरुको स्वास्थ्यका विषयमा पनि हामीले चासो दिइरहेका छौं। साथै नेपालमा उक्त रोग आउन नदिन के गर्ने, कसरी उक्त रोगको रोकथाम गर्ने लगायतका विषयमा वृहत छलफल डाकेका छौं,' उनले भने, 'नेपाल सरकार यो विषयमा निकै गम्भीर र सचेत छ। यसका लागि आवश्यक कदम अगाडि बढाइरहेको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक समेत रहेका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यो संक्रमण नौलो नभएकोले नेपालमा पनि हुन सक्ने बताउँछन्। 

'समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया सम्बन्धी विभिन्न अध्यन/अनुसन्धानहरु नेपालमा पनि भएका छन्। तर अनुवांशिक स्तरमा भने खासै काम गरेको देखिँदैन। जसले गर्दा हाल जापानमा देखिएको जस्तै 'जीन क्यारी' गरेको/गर्ने समुहका समूह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया छ/छैन भनिहाल्ने अवस्था छैन,' उनले भने, 'तर जापानमा  ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग वर्षेनी बढ्दै जाँदा नेपालले पनि अनुवंशिक स्तरमा ब्याक्टेरियाको पर्याप्त अनुसन्धान गरी जोखिमको आंकलन गर्दै सम्भावित प्रकोपलाई रोक्ने योजना बनाउन आवश्यक देखिन्छ।'

डा पुनका अनुसार यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले विश्वको ध्यान हाल यो संक्रमण प्रति आकृष्ट भएको उनले जानकारी दिए।

उनका अनुसार ज्वरो/जाडो लाग्ने, मांशपेशीका/जिउ दुख्नु र वाक-वाक/ बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरु हुन्। तर बिरामीमा एकपछि अर्को द्रूत गतिमा रक्तचाप घट्ने,  ढक्कन र श्वास-प्रश्वासको गति बढ्ने अनि रगतमा यसको टक्सिन (विषाक्त पदार्थ) फैलन गइ मुख्य अंगहरु जस्तै मृगौला, कलेजो, फोक्सो जस्ता मुख्य अंगहरुमा अबरोध/क्षति हुने (मल्टि-अर्गान फेलर), अचेत हुने (शक) र मृत्यु हुने यसका लक्षण हुन्।

'यसले शरीरका कोषिका/तन्तुलाई क्षति/मृत (निक्रोसिस) गराउँदछ। यसकारण पनि यसलाई 'मासु खाने ब्याक्टेरिया'को उपनाम दिइएको हो,' डा पुनले भने, 'अचेत र मल्टी-अर्गान फेलर  भएको अवस्थामा आक्रामक उपचारका बाबजुत अधिकांश बिरामीको मृत्यु ४८ घण्टा भित्र हुने गर्दछ। यसको मृत्युदर औसतमा ३० प्रतिशत देखिएको छ।'

डा पुनका अनुसार यो रोग विशेषत: संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ। संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ। केही अनुसन्धानहरुले पारिवारिक सदस्य र अस्पताल कर्मचारीबीच यो ब्याक्टेरिया फैलिएको देखाएका थिए।        

डा पुनले यसको उपचार सम्भव रहेको जानकारी दिँदै भने, 'यसको उपचार सम्भव छ तर यसको लागि संक्रमणको शीघ्र निदान र एन्टिबायोटिक जति सक्दो चाँडो प्रयोग अनिवार्य हुनु पर्दछ।'

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भइरहेको छ । सोमबार ललितपुरको ग... मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्