• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जब सभामुख घिमिरे विद्यार्थीको प्रश्नबाट घेरिए

64x64
रासस शनिबार, असार ८, २०८१  २०:११
1140x725

भक्तपुर- ‘सम्माननीय सभामुखज्यू, संसद्‌मा माइक तोडफोड लगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन?, शिक्षा विधेयक संसद्‌बाट कहिले पारित हुन्?’

शनिबार विद्यार्थीका यस्तै प्रश्नबाट घेरिए प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे। भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी विद्यार्थीहरूले एकै स्वरमा उनलाई फेरि प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन्?’

जवाफमा सभामुख घिमिरेले भने, ‘संसद्‌मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन्।’

यति जवाफले विद्यार्थीको चित्त नबुझको भेउ पाएपछि थप प्रष्ट पार्दै उनले प्रतिनिधि सभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताए।

‘संसद् भवन भित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ। यसको पालना गर्न आवश्यक छ,’ सभामुख घिमिरेको जवाफ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उनले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताए। सभामुख घिमिरेले भने, ‘शिक्षा विधेयक संसद्‌मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ। यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ। विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन। हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ।’

यो प्रसङ्ग लगत्तै फेरि विद्यार्थीले सोधे, ‘कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला?’ जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सिर्जना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए।

‘राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ। मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ,’ उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकार सम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराए।

विद्यार्थीले सामाजिक शिक्षा अन्तर्गत आज सञ्चालन संसद्को अभ्यास गरेका थिए। सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए।

सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिसभचन्द्र गौतमले शिक्षा मन्त्रीको भूमिका निर्वाह गरेका थिए।

उनीहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिएका थिए। संसद्‌मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्