• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जब सभामुख घिमिरे विद्यार्थीको प्रश्नबाट घेरिए

64x64
रासस शनिबार, असार ८, २०८१  २०:११
1140x725

भक्तपुर- ‘सम्माननीय सभामुखज्यू, संसद्‌मा माइक तोडफोड लगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन?, शिक्षा विधेयक संसद्‌बाट कहिले पारित हुन्?’

शनिबार विद्यार्थीका यस्तै प्रश्नबाट घेरिए प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे। भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी विद्यार्थीहरूले एकै स्वरमा उनलाई फेरि प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन्?’

जवाफमा सभामुख घिमिरेले भने, ‘संसद्‌मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन्।’

यति जवाफले विद्यार्थीको चित्त नबुझको भेउ पाएपछि थप प्रष्ट पार्दै उनले प्रतिनिधि सभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताए।

‘संसद् भवन भित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ। यसको पालना गर्न आवश्यक छ,’ सभामुख घिमिरेको जवाफ थियो।

Ncell 2
Ncell 2

यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उनले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताए। सभामुख घिमिरेले भने, ‘शिक्षा विधेयक संसद्‌मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ। यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ। विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन। हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ।’

यो प्रसङ्ग लगत्तै फेरि विद्यार्थीले सोधे, ‘कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला?’ जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सिर्जना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए।

‘राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ। मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ,’ उनले भने।

सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकार सम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराए।

विद्यार्थीले सामाजिक शिक्षा अन्तर्गत आज सञ्चालन संसद्को अभ्यास गरेका थिए। सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए।

सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिसभचन्द्र गौतमले शिक्षा मन्त्रीको भूमिका निर्वाह गरेका थिए।

उनीहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिएका थिए। संसद्‌मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७९२०अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्... आइतबार, पुस २७, २०८२
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन उद्घाटन गरे । आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्न प्रयासरत केन्द्रीय सदस्यहरू डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन आइतबार, पुस २७, २०८२
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE) आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्