बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानुनी रुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ।
_x000D_
_x000D_
राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो।
_x000D_
_x000D_
तस्करी बढेको भन्दै स्थानीयबासीले उजुरी गरेपछि कुरुका माने रोकायाले संकलन गरेको करीब १६ लाख बराबरको १ हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जंगलको बीचमा ढुंगाको ओडारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उक्त कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले बताए।
_x000D_
_x000D_
बाजुरालगायत नेपालका ९ वटा जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जङ्गवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेको कोल्टी इलाका वन कार्यालयका प्रमुख रेञ्जर दिलीपकुमार यादवले बताए।
_x000D_
_x000D_
नेपाली बजारमा मूल्य प्रतिकेजी ५ सय देखि ७ सय सम्म पर्ने यो जडिबुटी यहाँबाट प्रत्येक वर्ष १ लाख १९ हजार केजी संकलन गर्न पाउने गरी अनुमति दिइएको जिल्ला वन कार्यालयले जनाएको छ।
_x000D_
_x000D_
यो जडीबुटी संकलन गरेबापत ठेकेदारले प्रतिकेजी रु ५ राजस्व तिर्नुपर्ने हुन्छ। यसको माग बढेसँगै मनोमानीरुपमा संकलन पनि बढ्दै गएको र लगातार जडीबुटी संकलनले वन नै सखाप भएकाले यसलाई बन्द गराउनका लागि उक्त कार्यालयमा ज्ञापनपत्र बुझाइएको हिमाली जडीबुटी व्यवसायी संघका अध्यक्ष बलबहादुर थापाले बताए।
_x000D_
_x000D_
तस्करले वनका कर्मचारीको मिलोमतोमा कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चीनतिर पठाउनेसमेत गरको आरोप लगाउँदै उनले भने, ‘सेतक चिनी, भुल्तेलगायत बहुमूल्य जडीबुटी पनि अवैधरुपले जिल्ला बाहिर निकासी हुँदा पनि सम्बद्ध निकायले बेवास्ता गरेको गर्दै आएको थियो।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।