_x000D_
नैरोबी–तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको ड्रुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा १ सय ३६ पुगेको समाचार प्राप्त भएकाे छ।
_x000D_
_x000D_
एमभि नाइरेरे नामक डुंगाले कम्तीमा २ सय यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। यो डुंंगाको भारबहन क्षमताभन्दा दोब्बर संख्या भएको बताइएको छ।
_x000D_
_x000D_
घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
_x000D_
_x000D_
अण्डाकार संरचनामा करीब ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।