जेनेभा– मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
_x000D_
_x000D_
यो संख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ। राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक वर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ।
_x000D_
_x000D_
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्यांकमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको संख्या जोडिएको छ।
_x000D_
_x000D_
झण्डै पाँच सय पृष्ठ लामो सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुने गरेको पाइएको उल्लेख छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।