ललितपुर– भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन।
_x000D_
_x000D_
ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। उनले भने, ‘कहिले के बहाना देखाउने त कहिले ठेकेदार सम्पर्कमा नआउने हुँदा काम अघि बढ्न सकेको थिएन।’
_x000D_
_x000D_
ठेकेदारसँग गत असारसम्ममा काम सक्ने गरेर सम्झौता भए पनि विभिन्न समस्या देखाएकाले एक वर्ष थप गरिएको प्याकुरेलले जानकारी दिए। सरासर काम गरे एक वर्षमा नै काम सकिने उनले बताए।
_x000D_
_x000D_
मन्दिरको कति भागसम्म पुनःनिर्माण गर्ने भन्ने विवाद र सुरक्षा प्रबन्धका कारणले गर्दा मन्दिर लामो समयसम्म पुनःनिर्माण हुन सकेको थिएन। कतिपयले त मन्दिरको माथिल्लो तलासम्म नै पुनःनिर्माण गर्नुपर्ने माग गरेका थिए।
_x000D_
_x000D_
विज्ञले भने मन्दिरको सबै भाग भत्काउन नपर्ने सल्लाह दिएकाले आवश्यक ठाउँमा मात्रै काम भइरहेको प्रमुख प्याकुरेलले बताए।
_x000D_
_x000D_
मन्दिर निर्माण अवधिभर यहाँ रहेका महत्वपूर्ण सामानको सुरक्षाका बारेमा स्थानीयबासीले चासो देखाएका थिए। प्रहरीले नियमित गस्ती गरी सुरक्षा दिने सहमति भएपछि काम सुरु भएको थियो।
_x000D_
_x000D_
उपत्यकामा रहेका दुईवटा मात्रै ५ तले मन्दिरमा कुम्भेश्वर मन्दिर पनि एक हो। राजा जयस्थिति मल्लले मन्दिर बनाउन लगाएका थिए। मन्दिरमा सबै सोमबारका साथै विशेष गरेर साउनको सोमबार भक्तजनको भीड हुने गरेको छ।
_x000D_
_x000D_
जनैपूर्णिमाका दिनमा टाढाटाढाबाट समेत यहाँको दर्शनका लागि भक्तजन आउने गरेका छन्। रसुवाको गोसाइँकुण्डबाट यहाँको पोखरीमा पानी आएकोे विश्वास गरिन्छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।