काठमाडौं– प्रतिनिधिसभा सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन्।
नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो।
सिंहले माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको जिकिर पनि गरे। उनले बजेट जसरी विनियोजन गरे पनि मन्त्रीहरूलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे।
सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरूलाई बेवास्ता गरेको गुनासो पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।