काठमाडौं– नेकपा एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने भएका छन्।
महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिए पनि अन्तिम समयमा आएर केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य आयोजकको हैसियतमा स्वत: महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको हो।
अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने बताएका छन्।
अपानीमा भनिएको छ, ‘संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ। योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ।’
प्रतिनिधि चयनका लागि आवेदन शुल्क न्यूनतम दुई सय हुने अपानीमा उल्लेख छ। महाधिवेशन प्रतिनिधि शुल्क एक हजार र आयोजक प्रतिनिधिहरूको प्रतिनिधि शुल्क ५ हजार निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।