लमही– दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरी रहेका छन्। स्थानीयवासी कृष्णप्रसाद पौडेलको घर ढलान गर्ने क्रममा करेन्ट लाग्दा उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
_x000D_
_x000D_
यसैगरी करेन्ट लागेर घाइते भएका सोही ठाउँका २२ वर्षीय सदन चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ। मृतक पौडेलको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।