इनरुवा– अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीको शव परीक्षणका लागि आज साँझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको छ।
_x000D_
_x000D_
सुनसरी हरिनगर गाउँपालिका–२ रामनगरभुटहामा सरकारी पक्ष र स्थानीय मुस्लिम अगुवाबीच भएको सहमतिपछि उनकोे शव परीक्षणका लागि धरान पठाइएको हो। मौलाना खुर्शिदको मृत्यु भएको करीब ३० घण्टापछि स्थानीयवासीले शव परीक्षण गर्न दिएका हुन्।
_x000D_
_x000D_
स्थानीयवासीले राखेको मागमध्ये गृह मन्त्रालयमार्फत सम्बोधन हुन सक्ने सबै सम्बोधन भएको र बाँकी मन्त्रिपरिषद्को बैठकमार्फत सम्बोधन हुने गरी गृह मन्त्रालयले प्रस्ताव लगेको विश्वास दिलाएपछि उनीहरुले शव उठाउन दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। प्रजिअ उप्रेतीको संयोजकत्वमा वार्ता भएको थियो।
_x000D_
_x000D_
स्थानीयवासीको मागमध्ये छानबिन समिति गठन भइसकेको, अनुसन्धान समिति गठन भइसकेको, भुटाहादेखि घुस्कीसम्म रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट परिवर्तन गर्ने लगायतका माग सम्बोधन भइसकेको तथा सहिद घोषणा, क्षतिपूर्ति जस्ता विषयमा आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना रहेको विश्वास दिलाएपछि स्थानीयवासीले शव उठाउन दिएको प्रजिअ उप्रेतीले जानकारी दिए।
_x000D_
_x000D_
वार्ता सकारात्मक भएको र आन्दोलनका सबै कार्यक्रम अर्को निर्णय नहुञ्जेलसम्मका लागि फिर्ता लिएको समाजसेवी नइम अन्सारीले बताए।
_x000D_
_x000D_
हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेसनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो। सो घटनाका विषयलाई लिएर स्थानीयवासीले हरिनगर, भुटाहा र भोक्राहा बजार आज दिनभर बन्द गराएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।