राजविराज– नेपाल–भारतबीचको खुला सीमा व्यवस्थित गर्न तारजाली लगाउने वा परिचय पत्रको व्यवस्था गर्ने विषयमा बहस चलिरहेका बेला सप्तरी र सप्तरीसँग सीमा जोडिएका भारतीय क्षेत्रका नागरीक अगुवाहरुले त्यसको विरोध गरेका छन्।
_x000D_
_x000D_
नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा शुक्रबार सप्तरीको राजविराजमा आयोजित दुई देशीय नागरीक अगुवा भेलामा सिमा क्षेत्र व्यवस्थित गर्ने बहसमा तारजाली वा परिचय–पत्र व्यवस्था गर्ने दुवै विकल्प अव्यवहारिक भएको बताइएको हो।
_x000D_
_x000D_
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले तारजाली वा परिचय–पत्रले दुई देशबीच सदियौंदेखि कायम रहेको सुमधुर सम्बन्धमा दरार ल्याउने दाबी गरे। नेपाल–भारत सम्बन्धलाई देशको सीमासँग मात्र जोडेर व्याख्या गर्न नमिल्ने तर्क गरेका उनले भने, ‘हाम्रो सम्बन्ध बहुआयामिक छ। सीमा क्षेत्रमा तारजाली वा परिचय पत्रको कुराले समस्या समाधान भन्दा पनि बल्झाउने खतरा बढी छ।’
_x000D_
_x000D_
भौगोलिक बनावट, भाषा, संस्कृति, परम्परा र मानवीय सम्बन्धका आधारमा नेपाल–भारत सम्बन्ध विश्वमै नमुना रहेको उनले चर्चा गरे। ‘नीति निर्माण र दुई देशका बीचमा हुने सम्झौता यसै धरातलमा टेकेर हुनुपर्छ।’, उनले थपे।
_x000D_
_x000D_
राजनितिक विश्लेषक प्रा अमरकान्त झाले नेपाल र भारतका प्रवुद्ध कहलिएका ४÷५ जना व्यक्तिले काठमाडौंमा बसेर तारजाली र परिचय–पत्रको प्रपन्च गरेको आरोप लगाए। उनले भने, ‘यस विरुद्ध मधेश मात्र होइन, भारतका जनता समेत मिलेर आवाज उठाउनु जरुरी छ।’
_x000D_
_x000D_
कार्यक्रममा इतिहासविद डा पिताम्वरलाल यादव, प्रदेशसभा सदस्य विकेश्वर यादव र नेत्रविक्रम साह, भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ता, कुनौली ग्राम पञ्चायतका प्रमुख सत्यनारायण रजकलगायतले सीमा क्षेत्रमा हुने मानव तस्करी, हातहतियार कारोबार, लागूऔषध र मदिराको ओसारपसार, चोरीतस्करी तथा अपहरण जस्ता घटना रोक्न तारजाली वा परिचय पत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ती र निगरानी गर्नु उपयुक्त हुने सुझाव दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।