काठमाडौं– खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताल लगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ।
_x000D_
_x000D_
खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा रहेको अनुगमन टोलीले काठमाडौं र ललितपुरका केही अस्पताल, अपार्टमेन्ट र संयुक्त आवासबाट निष्काशित ढल तथा खानेपानीको अवस्थाका बारे निरीक्षण गरेको थियो। देशभर भने जिल्लास्थित खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुले अनुगमन गरेका खानेपानी मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
मन्त्रालयले शुक्रबार वीर अस्पताल, ग्राण्डी हस्पिटल, महाराजगञ्ज शिक्षण अस्पताल, सेन्ट्रल विजनेस पार्क, पाटन अस्पताल, हात्तिवनको नमुना बस्ती र भैंसेपाटीस्थित वाइवाइ चाउचाउ उद्योगबाट निस्कने ढलको अनुगमन गरेको हो।
_x000D_
_x000D_
प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको हुँदा मन्त्रालयले ढलको अनुगमनलाई तीव्रता दिएको मन्त्री बिना मगरले बताइन्। उनले भनिन्, ‘होटल, अस्पताल, अपार्टमेन्ट र उद्योग कलकारखानाहरुले अब सिधै नालीमा ढल फाल्न पाइँदैन। अबदेखि प्रारम्भिक प्रशोधन गरेर मात्र फाल्न पाउने व्यवस्था गर्न लागेका छौं।’
_x000D_
_x000D_
अस्पतालबाट तरल पदार्थजन्य फोहोरहरु सिधै ढलमा फालिने र सो तरल पदार्थजन्य फोहोरले वातावरण र मानव स्वास्थ्यमा सिधै असर पर्ने भएकाले त्यसलाई अन्त्य गर्न प्रारम्भिक प्रशोधन प्रणाली अनिवार्य लागु गर्न लागिएको मन्त्री मगरले जानकारी दिइन्।
_x000D_
_x000D_
अनुगमनको क्रममा उनले डिप बोरिङमार्फत प्रयोग भइरहेको पानीको मात्रा मापन गर्न स्वचालित प्रणाली (सेन्सर सिस्टम) अवलम्बन गर्न लागिएको पनि जानकारी दिइन्। यो प्रणालीले कति पानी खपत भयो भन्ने कुराको निर्धारण गर्दछ।
_x000D_
_x000D_
‘खानेपानीको शुल्क तिरेर सुविधा लिइरहेका आमजनताले ढलको सुविधा पनि लिएका छन्, जुन स्वभाविक हो। तर, खानेपानीको पाइप लाइन नजोडिएका र ढलको सुविधा लिइरहेका अस्पताल, उद्योग कलकारखाना, शिक्षण संस्था र अपार्टमेन्ट लगायतका व्यावसायिक क्षेत्रहरुलाई ढल प्रयोगको दायरा भित्र ल्याउने तयारी भइरहेको छ।’, मन्त्री मगरले भनिन्।
_x000D_
_x000D_
यसका लागि ढलको व्यवस्थापन गर्न र मापदण्ड तय गर्न खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको संयोजकत्वमा एक समिति गठन समेत गरिएको छ। उक्त समितिले खोलामा सिधै मिसाइने गरेको ढलको निश्चित मापदण्ड निर्धारण गरी लागु गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।