काठमाडौं– इन्द्रजात्रा पर्व आजबाट सुरु भएको छ। आज बिहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ।
_x000D_
_x000D_
विशेष गरी काठमाडौंमा एक सातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ। भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ। आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन्।
_x000D_
_x000D_
इन्द्रजात्रा पौराणिक कालदेखि नै मनाउँदै आएको भएपनि काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ। असोज ८ गते रथयात्रा जैशिदेवल, चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्किने, १० गते नरदेवी पुगेर फर्किने, अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ।
_x000D_
_x000D_
लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ। यसैदिन आकाश भैरव, श्वेत भैरव, स्वच्छन्द भैरवको सृङ्गार तथा पूजा हुन्छ। मानन्धर समुदायले वौमत प्रदर्शन गर्दै नगर परिक्रमा गर्ने गर्छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।