काठमाडौं- तीन वटा फरक ब्रान्डका मदिरा पिउँदा मलेसियामा ६ नेपालीसहित १९ जनाको ज्यान गएको तथ्य खुलेको छ। गत आइतबार भएको उक्त घटनामा मन्डा, ग्रान्ड रोयल ब्रान्डका ह्विस्की र किङ फिसर ब्रान्डको बियर सेवन गर्दा उनीहरुको ज्यान भएको प्रहरी रिपोर्टमा उल्लेख छ।
_x000D_
_x000D_
मलेसियाको सेलाङगोरमा उक्त घटना भएको हो।
_x000D_
_x000D_
रक्सी बेचेको आरोपमा ७ जना पक्राउ परिसकेका छन्। योभन्दा अघि पनि यस्तो घटना हुने गरेको मलेसियन प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु रक्सी पसल सञ्चालक र कामदार रहेका छन्।
_x000D_
_x000D_
घटनापछि ती पसलबाट १ हजार ३० बोतल ह्विस्की, १७ हजार ६७ वटा क्यान बियर पनि जफत गरिएको सेलाङगोर प्रहरीले जनाएको छ। मलेसियाको कलांगभ्यालीमा रहेको विभिन्न स्टोरहरुमा बुधबार छापा मारिएको थियो।
_x000D_
_x000D_
नेपालीको शव अनुसन्धानमा
_x000D_
विषाक्त मदिरा पिएर ज्यान गुमाएका ६ जना नेपालीको शव अनुसन्धानका लागि केही दिन मलेसियामै राखिने भएको छ। मलेसियन प्रहरीले अनुसन्धान गरेपछि मात्र शव नेपाल पठाउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। अनुसन्धान सिध्याएलगत्तै रोजगारदाता कम्पनीहरूको सहकार्यमा तत्काल नेपाल पठाउने दूतावासको भनाइ छ।
_x000D_
_x000D_
विषाक्त मदिराको स्रोत तथा यसमा जिम्मेवारहरूको सम्बन्धमा मलेसियन प्रहरी तथा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।
_x000D_
_x000D_
बसेरी ३ धादिङका मिमबहादुर घले, मसिना ६ रूपन्देहीका रामकुमार यादव, अमरगढी ५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिम कुसाहा ९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोलेको मदिरा सेवनको कारण ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।