काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले बसिरहेको छ। देशको शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका हुन्।
_x000D_
_x000D_
पछिल्लो समय देशमा बलात्कार, हत्या, अपहरण जस्ता जघन्य अपराधका घटना बढ्दै गएकोले सुरक्षा चुनौती थपिएको भन्दै प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। देशमा बढ्दै गएको सुरक्षा चुनौतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे बैठकमा छलफल भइरहेको गृह स्रोतले जानकारी दियो।
_x000D_
_x000D_
बैठकमा प्रधानमन्त्री ओली, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधान सेनापति पूर्णचन्द्र थापा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।