काठमाडौं । पेट्रोलियम पदार्थकाे अभाव चर्किंदै जाँदा पेट्रोल पम्पहरूले तेल लुकाउन थालेका छन्। अभावका बेला लुकाएर कालोबजारी गर्न खोज्ने काठमाडौंको सामाखुसीस्थित एक पेट्रोल पम्पको पेट्रोल सरकारले जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।
_x000D_
_x000D_
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले शुक्रबार सामाखुसीको आकाशजोगिनी इन्टरप्राइजेजको २ हजार चार सय लिटर पेट्रोल जफत गरेको हाे।
_x000D_
_x000D_
‘उक्त पेट्रोल पम्पले तेल मौज्दात राखेर उपभोक्तालाई वितरण नगरेको भेटियो,’ वाणिज्य विभागका शाखा अधिकृत दीपक पोखरेलले भने। अभावका बेला कालोबजारी गर्ने नियतले मौज्दात राखेको सबै पेट्रोल जफत गरी उक्त अनुगमन टोलीले उपभोक्तालाई वितरण गर्न लगाएर फर्केको छ।
_x000D_
_x000D_
‘हामीले २४ घण्टाभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छौं,’ उनले भने।
_x000D_
_x000D_
ट्यांकर चालकको हड्तालका कारण पेट्रोलियम आपूर्ति असहज हुन थालेपछि विभागले उपत्यकाभरि अनुगमनलाई तीब्र पारेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।