• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चंखेलीका वडा अध्यक्ष, जसले ऋण गरेरै घाइतेकाे उपचार गरे

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  १८:४५
1140x725

नेपालगन्ज– गएको शनिबार हुम्लाको चंखेली गाउँ ठूलो शोकमा डुब्यो। कारण थियो पहिरो। जसमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए। चार जना गम्भीर घाइते भए।

_x000D_ _x000D_

घटनामा बालबालिका परेको खबर केहीबेरमै वडाध्यक्ष भैरव तामाङको कानमा पर्‍यो। उनी आफ्नो काम छाडेर तत्कालै घटनास्थलतिर दौडिए। र, बेपत्ताको खोजी तथा उद्धारमा सक्रिय भए। 

_x000D_ _x000D_

चंखेली यस्तो विकट गाउँ हो, जहाँबाट मज्जाले हिँड्न सक्नेलाई जिल्ला सदरमुकाम सिमिकोट पुग्न तीन दिन लाग्छ। घाइतेलाई बोकेर जिल्ला अस्पताल पुर्‍याउन त करिब चार दिन।

_x000D_ _x000D_

'रोइकराइ मात्रै गरेर समस्या समाधान हुने थिएन,' वडाध्यक्ष तामाङले भने, 'उद्धार गरी घाइतेलाई अस्पताल पठाइहाल्नुपर्छ भनेर हेलिकोप्टरको व्यवस्था गर्नतिर लागेँ।'

_x000D_ _x000D_

_x000D_ _x000D_

चुनावका बेला चंखेली पुर्‍याइएको भिस्याट फोनबाट उनले फोन लगाए, हुम्लाका सांसद छक्कबहादुर लामालाई। हेलिकोप्टर उपलब्ध गराउने आश्वासन त दिए तर तत्काल व्यवस्था हुन नसकेपछि तामाङले जिल्लाका अर्का सभासद तथा कर्णाली प्रदेशका मन्त्री दल रावललाई फोन गरे। रावलले पनि उसैगरी सहयोगको आश्वासन दिए।

_x000D_ _x000D_
_x000D_

'टाउकोमा गम्भीर चोट लागेका युकेश तामाङको अप्रेसन गर्नुपर्ने भयो। जसका लागि सुरुमै ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने रहेछ,' उनी भन्छन्, 'परिवारले जुटाउन नसकेपछि ऋण सापटी गरेर उक्त रकम जुटाइदिएँ।' 

_x000D_
_x000D_ _x000D_

धपेडीले रन्थनिएका तामाङलाई चित्त बुझेन र हुम्लाकै होटल व्यवसायी विजय लामासँग सम्पर्क गरे। धन्न, व्यवसायी लामा सहयोगी बनेर निस्किएन् मात्र, हेलिकोप्टर लिएर आफै चंखेली पुगे। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सोही हेलिकोप्टरमा चार घाइते, दुई स्थानीय र वडाध्यक्षसहित जिल्ला सदरमुकाम सिमिकोट आए। घाइतेलाई जिल्ला अस्पताल पुर्याइयो। तर सबैको उपचार सम्भव भएन। सुस्मिता तामाङको त्यहीँ उपचार भए पनि चिकित्सकले तीन जनालाई नेपालगन्ज रिफर गरे।

_x000D_ _x000D_

वडाध्यक्ष तामाङ तीन घाइते र आफन्त लिएर नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल आइपुगे। 'टाउकोमा गम्भीर चोट लागेका युकेश तामाङको अप्रेसन गर्नुपर्ने भयो। जसका लागि सुरुमै ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने रहेछ,' उनी भन्छन्, 'परिवारले जुटाउन नसकेपछि ऋण सापटी गरेर उक्त रकम जुटाइदिएँ।' 

_x000D_ _x000D_

शल्यक्रिया सफल भएपछि युकेशलाई हाल आइसियू कक्षको भेन्टिलेटरमा राखिएको छ। उनको उपचारमै दैनिक १० देखि १५ हजार खर्च भइ रहेको तामाङ बताउँछन्। 

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

खुट्टामा गम्भीर चोट लागेकी विनिता तामाङलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ। वडाध्यक्ष तामाङकै छोरी तथा आफन्तले उनलाई सहयोग गरिरहेका छन्। अर्का घाइते हेमन्त तामाङ भने निको भएर डिस्चार्ज भएका छन्। उनलाई पनि वडाध्यक्ष तामाङले नेपालगन्जस्थित आफन्तको घरमा बस्ने व्यवस्था मिलाएका छन्। 

_x000D_ _x000D_

'हालसम्म हेलिकोप्टर चार्टरबाहेक घाइतेको उपचारमा ३ लाख ५० हजार खर्च भइसकेको छ,' वडाध्यक्ष तामाङले भने।

_x000D_ _x000D_

सहयोगको आश्वासन दिनेहरु फोन उठाउन छाडे
_x000D_ एउटा दुर्घटनाबाट चार जनाको उद्धार त गरे तामाङले तर अहिले पनि उनी राम्ररी निदाउन सकेका छैनन्।

_x000D_ _x000D_

घटनाका दिन सहयोगको आश्वासन दिने सभासद, प्रदेश सरकारका मन्त्री तथा जिल्लाका नेताहरु नै सम्पर्कविहीन हुँदा उनलाई अचम्म लागेको छ। 'सहयोग गर्नु त कता हो कता फोनसमेत उठाउन छाडे,' तामाङले भने, 'केही संघसंस्थाले १०/१२ हजार सहयोग गरेका छन्। कुनै पनि सरकारी निकाय एक रुपैयाँ जुटेन।'

_x000D_ _x000D_
_x000D_

'दु:ख पर्दा सहयोग गर्ला भनेर मलाई भोट दिएर जिताएका हुन्। उनीहरुलाई दु:ख पर्दा म भाग्ने कुरै भएन,' उनी भन्छन्, 'हाम्रा ठूला नेताले हेरे भने ठिकै छ। हेरेनन् भने भगवान्‌ले त पक्कै हेर्लान् नि।'

_x000D_
_x000D_ _x000D_

विभिन्न ठाउँमा उपचाररत घाइतेका लागि तत्काल रकम आवश्यक भए पनि कतैबाट सहयोग नजुट्दा वडाध्यक्ष तामाङ खिन्न बनेका छन्। 'उनीहरुका   अभिभावक गरिब र विपन्न छन्,' उनले भने, 'साँझ के खाऊँ, बिहान के खाऊँ भन्ने अवस्थाका आफन्तबाट उपचार खर्च जुटाउन सक्ने अवस्थै छैन। आफ्नै गाउँका जनतालाई साथ दिदा ऋणमा परिएछ भने ठिकै छ।'

_x000D_ _x000D_

_x000D_ _x000D_

पहिरोमा परेर मृत्यु भएकाहरुको पोस्टमार्टम र प्रहरी मुचुल्का बनाउन पनि जिल्ला सदरमुकामबाट हेलिकोप्टर चार्टर्ड गरी चिकित्सक र प्रहरीलाई चंखेली पठाउने व्यवस्था उनैले मिलाएका रहेछन्।

_x000D_ _x000D_

उद्धार गरेर सदरमुकाम तथा नेपालगन्ज पठाउँदा र चिकित्सक-प्रहरीलाई चंखेली पठाउदा हेलिकोप्टर चार्टर्डकै ८/१० लाखजति खर्च भएको उनको अनुमान छ। 'हिसाब गर्न भ्याएकै छैन। कम्पनीका प्रतिनिधिले पैसाको कुरा गरेका छैनन्,' उनले भने। 

_x000D_ _x000D_

चंखेली गाउँपालिकाको वडा नं ५ परिगाउँमा करिब ६५ घर छन्। ४/५ घरबाहेक सबै सबै तामाङ छन्। सिंगो गाउँ नै तामाङ गाउँ भएकाले पहिरोमा परेका सबै आफ्ना आफन्त र छिमेकी भएको वडाध्यक्ष तामाङले बताए। 

_x000D_ _x000D_

'दु:ख पर्दा सहयोग गर्ला भनेर मलाई भोट दिएर जिताएका हुन्। उनीहरुलाई दु:ख पर्दा म भाग्ने कुरै भएन,' उनी भन्छन्, 'हाम्रा ठूला नेताले हेरे भने ठिकै छ। हेरेनन् भने भगवान्‌ले त पक्कै हेर्लान् नि।'

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी न्यूयोर्कबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने... बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र (डिप डिप्रेसन) हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहे... बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्