नेपालगन्ज– गएको शनिबार हुम्लाको चंखेली गाउँ ठूलो शोकमा डुब्यो। कारण थियो पहिरो। जसमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए। चार जना गम्भीर घाइते भए।
_x000D_
_x000D_
घटनामा बालबालिका परेको खबर केहीबेरमै वडाध्यक्ष भैरव तामाङको कानमा पर्यो। उनी आफ्नो काम छाडेर तत्कालै घटनास्थलतिर दौडिए। र, बेपत्ताको खोजी तथा उद्धारमा सक्रिय भए।
_x000D_
_x000D_
चंखेली यस्तो विकट गाउँ हो, जहाँबाट मज्जाले हिँड्न सक्नेलाई जिल्ला सदरमुकाम सिमिकोट पुग्न तीन दिन लाग्छ। घाइतेलाई बोकेर जिल्ला अस्पताल पुर्याउन त करिब चार दिन।
_x000D_
_x000D_
'रोइकराइ मात्रै गरेर समस्या समाधान हुने थिएन,' वडाध्यक्ष तामाङले भने, 'उद्धार गरी घाइतेलाई अस्पताल पठाइहाल्नुपर्छ भनेर हेलिकोप्टरको व्यवस्था गर्नतिर लागेँ।'
_x000D_
_x000D_

_x000D_
_x000D_
चुनावका बेला चंखेली पुर्याइएको भिस्याट फोनबाट उनले फोन लगाए, हुम्लाका सांसद छक्कबहादुर लामालाई। हेलिकोप्टर उपलब्ध गराउने आश्वासन त दिए तर तत्काल व्यवस्था हुन नसकेपछि तामाङले जिल्लाका अर्का सभासद तथा कर्णाली प्रदेशका मन्त्री दल रावललाई फोन गरे। रावलले पनि उसैगरी सहयोगको आश्वासन दिए।
_x000D_
_x000D_
_x000D_
'टाउकोमा गम्भीर चोट लागेका युकेश तामाङको अप्रेसन गर्नुपर्ने भयो। जसका लागि सुरुमै ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने रहेछ,' उनी भन्छन्, 'परिवारले जुटाउन नसकेपछि ऋण सापटी गरेर उक्त रकम जुटाइदिएँ।'
_x000D_
_x000D_
_x000D_
धपेडीले रन्थनिएका तामाङलाई चित्त बुझेन र हुम्लाकै होटल व्यवसायी विजय लामासँग सम्पर्क गरे। धन्न, व्यवसायी लामा सहयोगी बनेर निस्किएन् मात्र, हेलिकोप्टर लिएर आफै चंखेली पुगे।
_x000D_
_x000D_
सोही हेलिकोप्टरमा चार घाइते, दुई स्थानीय र वडाध्यक्षसहित जिल्ला सदरमुकाम सिमिकोट आए। घाइतेलाई जिल्ला अस्पताल पुर्याइयो। तर सबैको उपचार सम्भव भएन। सुस्मिता तामाङको त्यहीँ उपचार भए पनि चिकित्सकले तीन जनालाई नेपालगन्ज रिफर गरे।
_x000D_
_x000D_
वडाध्यक्ष तामाङ तीन घाइते र आफन्त लिएर नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल आइपुगे। 'टाउकोमा गम्भीर चोट लागेका युकेश तामाङको अप्रेसन गर्नुपर्ने भयो। जसका लागि सुरुमै ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने रहेछ,' उनी भन्छन्, 'परिवारले जुटाउन नसकेपछि ऋण सापटी गरेर उक्त रकम जुटाइदिएँ।'
_x000D_
_x000D_
शल्यक्रिया सफल भएपछि युकेशलाई हाल आइसियू कक्षको भेन्टिलेटरमा राखिएको छ। उनको उपचारमै दैनिक १० देखि १५ हजार खर्च भइ रहेको तामाङ बताउँछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
खुट्टामा गम्भीर चोट लागेकी विनिता तामाङलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ। वडाध्यक्ष तामाङकै छोरी तथा आफन्तले उनलाई सहयोग गरिरहेका छन्। अर्का घाइते हेमन्त तामाङ भने निको भएर डिस्चार्ज भएका छन्। उनलाई पनि वडाध्यक्ष तामाङले नेपालगन्जस्थित आफन्तको घरमा बस्ने व्यवस्था मिलाएका छन्।
_x000D_
_x000D_
'हालसम्म हेलिकोप्टर चार्टरबाहेक घाइतेको उपचारमा ३ लाख ५० हजार खर्च भइसकेको छ,' वडाध्यक्ष तामाङले भने।
_x000D_
_x000D_
सहयोगको आश्वासन दिनेहरु फोन उठाउन छाडे
_x000D_
एउटा दुर्घटनाबाट चार जनाको उद्धार त गरे तामाङले तर अहिले पनि उनी राम्ररी निदाउन सकेका छैनन्।
_x000D_
_x000D_
घटनाका दिन सहयोगको आश्वासन दिने सभासद, प्रदेश सरकारका मन्त्री तथा जिल्लाका नेताहरु नै सम्पर्कविहीन हुँदा उनलाई अचम्म लागेको छ। 'सहयोग गर्नु त कता हो कता फोनसमेत उठाउन छाडे,' तामाङले भने, 'केही संघसंस्थाले १०/१२ हजार सहयोग गरेका छन्। कुनै पनि सरकारी निकाय एक रुपैयाँ जुटेन।'
_x000D_
_x000D_
_x000D_
'दु:ख पर्दा सहयोग गर्ला भनेर मलाई भोट दिएर जिताएका हुन्। उनीहरुलाई दु:ख पर्दा म भाग्ने कुरै भएन,' उनी भन्छन्, 'हाम्रा ठूला नेताले हेरे भने ठिकै छ। हेरेनन् भने भगवान्ले त पक्कै हेर्लान् नि।'
_x000D_
_x000D_
_x000D_
विभिन्न ठाउँमा उपचाररत घाइतेका लागि तत्काल रकम आवश्यक भए पनि कतैबाट सहयोग नजुट्दा वडाध्यक्ष तामाङ खिन्न बनेका छन्। 'उनीहरुका अभिभावक गरिब र विपन्न छन्,' उनले भने, 'साँझ के खाऊँ, बिहान के खाऊँ भन्ने अवस्थाका आफन्तबाट उपचार खर्च जुटाउन सक्ने अवस्थै छैन। आफ्नै गाउँका जनतालाई साथ दिदा ऋणमा परिएछ भने ठिकै छ।'
_x000D_
_x000D_

_x000D_
_x000D_
पहिरोमा परेर मृत्यु भएकाहरुको पोस्टमार्टम र प्रहरी मुचुल्का बनाउन पनि जिल्ला सदरमुकामबाट हेलिकोप्टर चार्टर्ड गरी चिकित्सक र प्रहरीलाई चंखेली पठाउने व्यवस्था उनैले मिलाएका रहेछन्।
_x000D_
_x000D_
उद्धार गरेर सदरमुकाम तथा नेपालगन्ज पठाउँदा र चिकित्सक-प्रहरीलाई चंखेली पठाउदा हेलिकोप्टर चार्टर्डकै ८/१० लाखजति खर्च भएको उनको अनुमान छ। 'हिसाब गर्न भ्याएकै छैन। कम्पनीका प्रतिनिधिले पैसाको कुरा गरेका छैनन्,' उनले भने।
_x000D_
_x000D_
चंखेली गाउँपालिकाको वडा नं ५ परिगाउँमा करिब ६५ घर छन्। ४/५ घरबाहेक सबै सबै तामाङ छन्। सिंगो गाउँ नै तामाङ गाउँ भएकाले पहिरोमा परेका सबै आफ्ना आफन्त र छिमेकी भएको वडाध्यक्ष तामाङले बताए।
_x000D_
_x000D_
'दु:ख पर्दा सहयोग गर्ला भनेर मलाई भोट दिएर जिताएका हुन्। उनीहरुलाई दु:ख पर्दा म भाग्ने कुरै भएन,' उनी भन्छन्, 'हाम्रा ठूला नेताले हेरे भने ठिकै छ। हेरेनन् भने भगवान्ले त पक्कै हेर्लान् नि।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।