• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन 

64x64
रासस मंगलबार, जेठ १५, २०८१  १३:१९
1140x725

        “पर्दा बेग्लै झ्याल उही
        खोपडी बेग्लै ख्याल उही
        जिब्रो बेग्लै र्‍याल उही
        छाला बेग्लै स्याल उही
        सत्र साल भाग दुई !” 

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त  कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो। आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उनको यात्रा अविरल बगिरहेको छ। 

खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उनका कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडहरुलाई हल्लाइरहेको हुन्छ। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरुले बाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीका कलम नरोकिएका हुन्। उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यग्ङ्य कविताका हस्तलिखित तस्बिर उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन्। ती रचनाहरुमाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ। 

समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेखेका छन्, ‘कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन्। कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ।’

आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन्। यिनै दुःख, दर्द, अभाव, अपमान र जीवन पीडाले उनलाई सानैदेखि भावुक, दयालु र मानवीय बनाएका हुन्। सार्वजनिक मञ्च, भाषण, सम्मान वा लोकप्रिय हुने नाममा दिइने अन्तर्वार्ताहरुबाट टाढा रहन रुचाउने काभ्रेपलाञ्चोकको ज्याम्दीमा जन्मिएका कवि पराजुलीले रासससँग मुलुककको वर्तमान परिस्थित र जनाकाङ्क्षाबारे खुलेर कुरा गरेका छन्। 

मुलुकले १७ औँ गणतन्त्र दिवस मनाएरहँदा मध्यवानेश्वरस्थित पाठशाला स्कुलको परिसरमा फूर्तिलोरुपमा संवाद गर्दै कवि पराजुलीले गणतन्त्र आउनु ठूलो परिवर्तन भए पनि त्यस अनुसार काम हुन नसकेकामा राजनीतिक दल र नेताहरुप्रति तीव्र असन्तुष्टि व्यक्त छाडेनन्। जनताका हितका पक्षमा काम नभएकाले जिम्मेवारी लिनेहरुले गर्न नसकेको भन्दै उनी जवाफ दिने क्रममा आक्रामक देखिए। 

कविता वाचन गर्दा औँला ठड्याएर ठूलो ठूलो स्वर निकाले झैँ अन्तर्वार्ताका क्रममा पनि उनी उस्तै भावमा प्रस्तुत भए। उनको यो आफ्नै शैली पनि हो। उमेरले साठी पुगे पनि जोश, जाँगर र चेतनाले युवा देखिने पराजुलीले गणतन्त्र आउनुलाई सुकुम्बासीले जग्गा पाएको अवस्थासँग तुलना गर्दै घर बनाउन भने अझै बाँकी रहेको टिप्पणी गर्दै भने, “हामी हिजो सुकुम्बासी थियौँ। आन्दोलन गरेर घडेरी जोड्यौँ। टेक्ने जमिन पाइयो तर घर बनाउन सकिएन। घर बनाउने जिम्मा लिएकाहरुले बनाउन सकेनन् वा बनाउन चाहेनन्। हामी अझै घरबारविहीन छौँ।”

कुनै बेला सरकारी कर्मचारी रहेका पराजुली आफूभन्दा नराम्रा मान्छेको मुन्तिर बसेर काम गर्न नसकिने ठानेर र कर्मचारीतन्त्रभित्रका विकृतिबाट वाक्क भएर जागिरे जीवन छाडे। २०४६ सालको जनआन्दोलनमा पूर्णरुपमा नागरिक अभियान र साहित्यसँग जोडिएका उनको अनुभवमा ‘धेरै पटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेकाहरुले मुलुक बनाउने जिम्मा अब युवा पुस्तालाई सुम्निुपर्छ। युवा पुस्ता र साँच्चीकै काम गर्ने इमान्दार निःस्वार्थी र सक्षमलाई नेतृत्व सुम्पनुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

लामालामा दाह्री र पातलो अनि अग्लो शरीरको पहिचान बोकेका पराजुलीले छोटाछोटा, प्रश्नात्मक र बिम्बात्मक उत्तर दिने गर्नुहुन्छ। सिस्नुपानी नेपालका संस्थापकसमेत रहेका उनले थपे, ‘हाम्रो गाई बाँझो रहेको हामीले पत्ता लगाइसकेका छौँ, यो अब ब्याउन सक्दैन। फेरि यसलाई कति पटक गोरु लगाउने ? यहाँ त ब्याउनसक्ने गाईहरुलाई थुनेर राखिएको छ, उनीहरुलाई छाडिदिनुपर्छ।’

उनले नेताहरुलाई नै बढी प्रहार गरेर प्रायः कविता लेख्ने गर्छन्:
        “जो खेती गर्दैन ऊ किसानको नेता !
        जो मजदूरी गर्दैन
        ऊ मजदूरको नेता !
        जो पढाउँदैन
        ऊ प्राध्यापकको नेता !
        जो पढ्दैन
        ऊ विद्यार्थीको नेता !
        जो सबैभन्दा बुढो छ
        ऊ युवाको नेता !”

    
तपाईं अलि धेरै नै आक्रोसित हुनुभएको हो भन्ने प्रश्न खस्न नपाउँदै उनको जवाफ हुन्छ, ‘यो मेरो आक्रोस होइन, समाजको यथार्थ हो। मलाई त केही पद वा लाभ चाहिएको छैन। म कसैलाई केही भनसुन गर्न पनि जान्न। मैले तर आवाजविहीन जनताको आवाज मात्रै बोकेको हुँ। उनीहरुको दिमागमा चेतना भर्न मात्रै कलम चलाउने गरेको हुँ।’

तपाईंका कतिपय कवितामा अलि बढी नै पूर्वाग्रह पाइन्छ नि ? भनेर सोध्दा उनले सजिलै उत्तर दिए, ‘एउटा भित्तोमा टाँसिएर हेर्दा पूर्वाग्रह लाग्न सक्छ। तर पूर्वाग्रह घुमिरहन्छ। कुनै कुरामा पूर्वाग्रह देख्नेले उसले विपक्ष देखेकालाई प्रहार गर्दा ठीक मान्न सक्छ। मैले त जो बदमासीको शिरमा छ उसलाई हान्ने हो। अर्को कुरा पनि के हो भने अरु बेला विवाद र तमासा गरे पनि देशलाई लुट्न पल्किएकाहरु खाने र लुट्ने विषयमा एक हुन्छन्। त्यस्ता स्वार्थीहरुलाई म छाड्दिन। गरिब जनताका लागि मेरा कविताहरु औषधि बन्न सकुन् भन्ने ठान्छु। त्यसैले मलाई वा मेरा रचनालाई टाढाबाट हेरेर बुझ्न सकिँदैन। नजिकै आएर छाम्नुपर्छ।’

देशका नेताहरुले ‘सरकारमा तँ किन गएको, म जानुपथ्र्यो, मलाई छोड’ भन्ने कुरामा हानथाप गरेर जनताका लागि काम नगरे पनि देश बिगार्ने काम नगरिदिए हुन्थ्यो भन्ने सोचका कवि पराजुली राजनीतिक दल र नेताहरु सच्चिएर जनताका पक्षमा काम गर्नुको विकल्प देख्दैनन्। समाजको विकासमा अरुको पनि भूमिका हुन्छ तर राज्यले नै नेतृत्व लिनुपर्ने भएकाले अरुले गरेर पार नलाग्ने अनि सरकार इमान्दार भएमा जनताले साथ दिने उनको भनाइ छ। बागमती सुधार अभियानका क्रममा वर्षौं काम भए पनि नदी शुद्ध नभएको उदाहरण दिँदै उनले मुहान नै शुद्ध हुनुपर्ने तर्क प्रस्तुत गरे। 

Xtrem

Xtrem

राजनीतिक दलका नेतृत्वकर्ताले सँधै आफूले नेतृत्व लिने र जनताका काम नगर्ने हो भने देश र गणतन्त्रको हालत झन् खराब हुने चिन्ताले पराजुलीको टाउने दुखिरहन्छ। उनलाई माइग्रेन्टको समस्या पनि छ। ‘दलहरुभित्रका युवा र इमानदारहरु ढुङ्गाले थिचेको पहँलो दूबो भएर रहेका छन्। ढुङ्गा हटाइदिने हो भने दूबोले हरियो भएर निस्कन पाउँथे,’ चित्त नबुझे साहित्य र पत्रकारिता क्षेत्रमाथि पनि प्रहार गर्न पछि नपर्ने स्रष्टा पराजुलीले भने, ‘हिजो आन्दोलनमा नेतृत्व गरेको थिएँ भन्दैमा त्यसलाई उपदानका रुपमा खान पाउनुपर्छ भन्ने सोच्नु हुँदैन। युवाहरु देशमा दाल, भात खान नपाएर विदेशमा काम गर्न लाइन लागेर गइरहेका छन्। जनता भोकै बसेर हिजोका त्यागीका पूजा मात्रै गरेर बस्न सक्दैनन्। सानो उपलब्धि भए पनि खुसी हुने जनतालाई आधारभूत आवश्यकता पूरा गर्न हाम्रा नेताहरु सक्षम हुनुपर्छ।’

स्वतन्त्र र सार्वभौम नेपाललाई विकसित हुन नदिने कुनै विदेशी तत्व भए पनि त्यसलाई नेताहरुले जनताको साथ लिएर चिरेर अघि बढ्न आग्रह गर्ने कवि पराजुली गणतन्त्रको लटरम्म फल लाग्ने बेला बालीमा असिना परेर सबै बाली नष्ट भए जस्तो आउन नहुनेमा सचेत छन्। अन्त्यमा उनले जनतामा चेतनाका शक्ति कामय रहनुपर्ने आह्वानसति सटिक जवाफ दिए, ‘हामीले हाम्रो टाउको लाई टाउको रहन दिनुपर्‍यो। दिमागलाई विकृतिको कन्टेनर बनाउनु भएन। जसले जे भने पनि पत्याउनु भएन। सत्य र गलत पहिचान गरेर देश बचाउन लाग्नुपर्यो।’

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्