काठमाडौँ- कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।
सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेका थिए। सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियालाई ५ दिनको म्याद थप गर्न सिफारिस गरेकोमा न्यायाधीश ज्ञवालीको इजलासले दोस्रो पटक ३ दिनको म्याद थप गरेको अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेपछि दोस्रो पटक म्याद थप भएको हो।
कीर्ते नागरिकता प्रकरणमा सिरोहियामाथि अनुसन्धान चलिरहेको छ। दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।