काठमाडौं- सहकारीको रकम अपचलन विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक विनानिष्कर्ष टुंगिएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले बिहीबार पनि छानबिन समितिको टोओआरमा सहमति गर्न सकेन। सहमतिका लागि शुक्रबार पुन: बस्ने गरी बैठक टुंगिएको हो।
बैठक शुक्रबार बिहान ८:३० बजे फेरि बस्ने कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए। शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए।
बैठकमा सत्तापक्ष सहकारीको नाम राख्न सहमत भए पनि रवि लामिछानेको नाममा असहमति भएको बर्तौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।