काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्नका लागि गरिएको टिप्पणी गरेका छन्।
मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेपछि ट्विट गर्दै कोइरालाले प्रतिशोध साँध्न गरिएको सिरोहियाको पक्राउ स्वीकार्य नहुने बताए।
‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरूद्ध छानबिन हुन नदिने,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कोइरालाले लेखेका छन्, ‘तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’
साथै उनले प्रहरीले सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन्।
धनुषा अदालतले मंगलबार नै सिरोहियाको नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।