काठमाडौं – गृहमन्त्री रवि लामिछानेको ८० तोला सुन, ११ रोपनी ६ आना, ८ करोडको शेयर ४ करोडको कार लगायत सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
श्रीमति निकिता पौडेलको नाममा बुढानिलकण्ठ नगरपालिका ८ मा रहेको ५ आना ३ करोड ७५ लाखमा खरीद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। खरीद गर्दाको १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता हुन बाँकी रहेको गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन्। सो जग्गा खरीदको रकम प्राप्तिको स्रोत व्यवसा (गोपीकृष्ण इन्टरनेसनल संचालन भाडा, नारी टिमि, ब्राण्ग इन्डोर्समेन्टबाट प्राप्त पारिश्रमिक तलब लाभांश रहेको सो विवरणमा उल्लेख छ।
यस्तै रविलामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना रहेको छ। सो जमिन पैतृक सम्पत्ति रहेको उल्लेख छ। गोपीकृष्ण प्रालि (श्रीमती निकिता पौडेलको शेयर) काठमाडौं महानगरपालिका ७ मा रहेको १० रोपनी रहेको छ। उक्त जमिन श्रीमनीको माइतीतर्फ पारिवारिक सगोलमा रहेको उल्लेख छ। सो १० रोपनी ८ आनाको २५ प्रतिशत शेयर रहेको उल्लेख छ।
यस्तै सुनका गरगहना करिब ८० तोला केहि ५/७ वर्ष अगाडी खरीद गरिएको र केहि १०/१२ वर्ष अघि खरीद गरिएको र सो गरगहना अधिकांश बुबाआमाबाट र केही निकिता पौडेलले खरीद गरेको सम्पत्ति विवरण मा उल्लेखछ। यस्तै १५/२० केजी प्रतितोला २५०/३०० पर्ने चाँदीका भाँडाकुँडा सामानहरु रहेको उल्लेख छ।
यस्तै गृहमन्त्री रविलामिछानेले आफ्रनो र श्रीमती निकिता पौडेलको विभिन्न बैंक खातामा ६ लाख ६८ हजार ५११ रुपैयाँ बैक खातामा रहेको उल्लेख गरेका छन्। यस्तै श्रीमती निकिता पौडेलको नाममा ८ करोड ७५ लाख रुपैयाँको ८७ लाख ५ हजार कित्ता शेयर रहेको र १ करोड ५० लाख रुपैयाँ कर्जा रहेको उल्लेख गरेका छन्।
यस्तै निकिताकै नाममा ४ करोड २० लाख रुपैयाँ पर्ने टाटा नेक्सन इभी कार रहेको उल्लेख छ। यस्तै गृहमन्त्री लामिछानेले ४ करोड रुपैयाँ व्यवसायबाट आम्दानी गरेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।