काठमाडौं– नागरिकता कीर्ते प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले त्यसको प्रतिवाद गरेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन्।
कानुन अनुसार हुने हरेक अनुसन्धानमा सबै सहयोग गर्न आफू तयार रहेको तर राज्य शक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोधबाट आफू किञ्चित विचलित नहुने बताएका छन्।
उनले विगतमा पनि यस्तै दुरुपयोग गरेर आफूलाई जेल पठाइएको भन्दै यसपटक पनि प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।