काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले सवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिँदा काँग्रेसले नाराजुलुस गर्नु स्वभाविक नभएको बताएका छन्।
सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव पौडेलले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले सवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिएको पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन नदिनु लोकतन्त्र विपरित भएको टिप्पणी गरे।
उनले सरकारले सहकारी पीडितहरुको समस्या समाधान गर्न समिति बनाउन तयार हुँदाहुँदै पनि काँग्रेस सहमति बाहिर गएको बताए। सरकारले नीति कार्यक्रम पास गरी बजेट ल्याउनैपर्ने व्यवस्था रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।