काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री भएको १६ महिनामा उनले विश्वासको मत लिएको यो चौथोपटक हो।
प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पर्यो भने विपक्षमा शून्य मत परेको छ। यस्तै मत दिन्न भन्नेमा १ मत परेको छ। कांग्रेसले भने नाराबाजी गर्दै विश्वासको मत विभाजनमा भाग लिएन।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गडनको माग गर्दै प्रतिपक्षी कांग्रेसले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्रीले विश्वासको मत मागेका थिए।
होहल्लाकै बीच मत विभाजन गरिएको थियो। मर्यादापालकले विश्वासको मत दिने सांसदहरुलाई हस्ताक्षर गर्न सहयोग गरेका थिए। अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेगरी सभामुखले बैठक स्थगित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।