काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन काँग्रेससहितका प्रतिपक्ष दलहरुलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जाने भएकाले विश्वासको मत दिन आग्रह गरे।
उनले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभइ सक्रिय विश्वासको मत चाहिएको बताए। विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले कांग्रेसले बिरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।