काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक रहेको बताए।
सोमबार उनले सदनमा विश्वासको मत लिँदै गर्दा समष्टिगत आर्थिक सूचकहरु सकरात्मक भए पनि अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकिकृत अभ्यासको आवश्यक रहेको बताए।
‘१६ औं योजनाका लक्ष्य हाँसिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी छ। जुन संम्मानित संसदको साथ सहयोगविना पुरा हुन सक्दैन। ८० को दशक तिब्र विकासको दशक भनेका छौं। त्यसका लागि वृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाअिहएको छ,’ उनले भने।
भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेको बेला गेम चन्जर ठूला विद्युत आयोजनामा काम गर्न धेरै बाँकी भएको उनको भनाई छ।
‘समष्टिगत आर्थिक सूचकहरु सकरात्मक भए तर अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकिकृत अभ्यासको आवश्यक छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।