काठमाडौं– प्रतिनिधि सभा बैठकमा प्रतिक्षी नेपाली कांग्रेसको विरोध जारी नै छ। तर विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन लागेका छन्।
१५ मिनेट स्थगित भएर फेरि सुरु भएपछि प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्। मर्यादापालकहरुले कांग्रेसका सांसदहरुलाई रोकिरहेका छन्।
प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्। तर सदनमा प्रतिपक्षको विरोध जारी रहेको छ। उनले विश्वासको मत मात्र नमाग्ने र देशमा देखिएको निराशा चिर्न सहयोग पनि गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।