काठमाडौँ- प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै सभामुख देवराज घिमिरेले आइतबारका सबै कार्यसूची हटाएको बताउँदै बैठक स्थगित भएको घोषणा गरे।
प्रतिनिधि सभाको आइतबारको बैठक उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर स्थगित भएको हो।
यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो। कांग्रेसले रविलाई आफ्ना कुरा राख्ने दिने निर्णय गरेसँगै आइतबारको बैठक चलेको थियो।
सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।