काठमाडौं– राष्ट्रिय सभाको आइतबारको बैठक स्थगित भएको छ।
सहकारी प्रकरणमा गठित कार्यदलमा सहमति हुन नसक्दा आजका लागि तय भएको बैठक स्थगित भएको हो।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले अर्को बैठक भोलि दिउँसो सवा १ बजे बोलाएका छन्।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर बैठक अवरोध गर्दै आएको छ।
यता प्रतिनिधि सभाको बैठक पनि बस्न सकेको छैन। बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सारिएको थियो।
तर चार बज्दासम्म पनि प्रतिनिधि सभाको बैठक सुरु हुन सकिरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।