काठमाडौं– सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक फेरि सुरु भएको छ।
कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो। यसअघि कार्यदल बैठक बिहान साढे ८ देखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो।
कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेको सेतोपाटीलाई बताएका छन्। मन्त्री गिरीका अनुसार केही कुरा भने मिलेको छ।
कांग्रेसले भने गृहमन्त्रीकै नाम उल्लेख गरिनुपर्ने अडान राखेको छ। ‘उहाँहरू आफ्नो दलमा छलफलका लागि जानुभएको छ,’ उनले भने, ‘उहाँहरूले रवि लामिछाने भन्ने उल्लेख गर्नुपर्छ भन्नुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।