काठमाडौं– प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन्। कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बैठकले विपक्षी दलहरूबिच साझा धारणा बनाउनेछ ।
सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।