काठमाडौं-सहकारी ठगीबारे छानबिन गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।
कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु भएको हो । समितिमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, रास्वपा सांसद शिशिर खनाल र एमालेका प्रमुख सचेतक महेश बर्तौला छन् ।
कार्यदलले संसदीय समितिको कार्यादेश कस्तो रहनेछ भनेर तय गर्नेछ । नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राख्दै लगातार संसद अवरुद्ध गर्दै आइरहेको छ । संसद्को गतिराेध अन्त्य गर्ने प्रयासस्वरुप हिजो सत्ता तथा प्रतिपक्ष दलले संसदीय समिति गठनमा सहमति गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।