काठमाडौं– सदनको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र एमाले अध्यक्षसँग संयुक्त छलफल गर्ने भएका छन्।
सभामुख घिमिरले दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका हुन्।
छलफल सदन खुलाउने विषयमा केन्द्रित हुनेछ। समय मिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाइने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले बिहानै देउवासहित कांग्रेस शीर्ष नेताहरुसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।