काठमाडौं। सरोकारवालाहरूले बढ्दो आप्रवासनलाई दिगो विकाससँग जोड्न सुझाव दिएका छन्।
_x000D_
_x000D_
बिहीवार राजधानीमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्धारा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको आप्रवासन पनि विश्वव्यापीकरण हुँदै गएकाले यसलाई दिगो विकाससँग जोड्न सरकारले विशेष योजना अघि सार्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
विदेशमा रहेका नेपालीलाई दिगो विकाससँग जोड्न सकिए मुलुकभित्र लगानीको वातावरण पनि सृजना हुने उनीहरूको भनाइ थियो।
_x000D_
_x000D_
सरकारले लिएको दिगो विकासको लक्ष्यमा विदेशमा रहेका नेपालीलाई पनि सहभागी गराउनुपर्नेमा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) का तथा सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले जोड दिए। आप्रवासमा रहेका नेपालीको आर्थिक विकास लगायतका पक्षमा राज्यले ध्यान दिनुपर्ने उनले बताए।
_x000D_
_x000D_
एसियन फोरमका निलाम्बरले बडालले ठूलो संख्याका नेपाली वैदेशिक रोजगारीका क्रममा आप्रवासमा रहेकाले उनीहरुलाई दिगो विकासमा योगदान गर्ने वातावरण बनाउनुपर्ने बताए । ती नेपालीलाई आर्थिक विकासको दायरामा ल्याउन नसक्दा उनीहरूले आर्जन गरेको रकम सदुपयोग हुन नसकेको उनको भनाइ थियो।
_x000D_
_x000D_
वैदेशिक रोजगार क्षेत्रलाई सरकारले तीन दर्शकसम्म पनि व्यवस्थापन गर्ने नसकेको कार्यक्रमका वक्ताहरूले बताए।
_x000D_
_x000D_
सरकारको वैदेशिक रोजगारीका क्षेत्रमा सुधार गर्न नसक्दा कामदार आर्थिक शोषण, विदेशमै अलपत्र पर्ने जस्ता समस्या निम्तिएको उनीहरूको आरोप छ।
_x000D_
_x000D_
सरकारले गम्भीर रुपमा नलिँदा वैदेशिक रोजगारको क्षेत्र भविश्यमा थप जटिल बन्दै जाने जोखिम कार्यक्रमका वक्ताहरूले औंल्याए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।