हेटौँडा- बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्यले मनोनयन दर्ता गराएका छन्। काठमाडौँ ९(१) बाट निर्वाचित सांसद बज्राचार्यले रमेश महतको प्रस्ताव र डम्बर तामाङको समर्थनमा शुक्रबार समितिको सभापतिमा मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै माओवादी केन्द्रका सांसद ठाकुरप्रसाद ढकालले प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा मनोनयन दर्ता गराएका छन्।
प्रदेश सभाको थप २ समितिको सभापति लागि मनोनयन दर्ता हुनेछ। प्रदेश विशेषाधिकार समिति र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतिमा क्रमशः एकीकृत समाजवादी र एमालेले मनोनयन दर्ता गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।