विराटनगर- कोशी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्री र दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शुक्रबार शपथ ग्रहण गरेका हुन्।
नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री राम राना, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्री लिलावल्लभ अधिकारी, भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर मन्त्रीले शपथ लिएका हुन्।
यस्तै पर्यटन, वन तथा वातावरण राज्यमन्त्री वन्दना झागर र विनाविभागीय राज्य मन्त्री सिर्जना राईले पनि आजै शपथ ग्रहण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।