काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुसँगको संयुक्त बैठक बोलाएको छ।
अहिले नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका हुन्।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।