काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सोडारीको नियुक्ति विरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
बिहीबार न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासले मुख्यमन्त्रीमा दाबी पेस गरेका चौधरीको रिट खारेज गरेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिट खारेज गर्ने र निर्देशनात्मक आदेश जारी हुने फैसला गरेको हो। लिखित रुप नआएकाले फैसलाको विस्तृत विवरण नखुलेको उनले जानकारी दिए।
यो फैसलासँगै मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिमा उठेको संवैधानिक तथा कानुनी प्रश्न अन्त्य भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।