काठमाडौं– बिहीबारको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको बताउनेबित्तिकै कांग्रेसका सांसदहरुले उभिएर नाराबाजी गरेका थिए।
तर सभामुखले पेलेरै बैठक चलाउन खोज्दा संसदभित्र मुठभेडको स्थिति बनेको छ। गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस उत्तेजित बनेको थियो।
सोही क्रममा कांग्रेस उपसभापति धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति दुर्व्यवहारसमेत गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि सभामुखले बैठक भोलिका लागि स्थगित गरेका छन्।
बैठक स्थगित भएको घोषणा गरेको केही समयसम्म पनि कांग्रेसका सांसदहरुले सदनभित्र नाराबाजी र हुलहुज्जत गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।