काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद् बैठक पनि अवरुद्ध गरेको छ। कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेका छन्।
बिहीबार संसद् बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउ गर्दै सभामुखको आसन घेराउ गर्न पुगेका थिए।
कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुखले राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरे।
संसद अवरुद्ध भएका बेला सभामुखले संसदको कारबाही अगाडि बढाएको भन्दै राप्रपा लगायत अरु विपक्षी दलले पनि विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।