काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बिरोध गरेपछि बिहीवारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो। बैठक सुरु भएपछि सभाको कारबाही प्रश्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए। कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गरेका हुन्।
सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए। उनले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताए।
अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।