काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकता बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यक भएको बताए।
उनले संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था भएपनि स्थायित्व र स्थिरताका निम्ति सफल हुन नसकेको बताए। नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संविधान संशोधनका निमित्त नयाँ बाटो खोल्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
उनले समानुपातिक निर्वाचन प्रणाली अस्थिरतामा आधारित प्रणाली रहेको भन्दै अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।