काठमाडौं– नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन्।
उनले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए। सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने उनको भनाइ थियो।
उनले काँग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताए। अनियमितताबिरुद्ध आवाज उठाउँदा काँग्रेसमाथि प्रश्न गरिरहेको उनले आरोप लगाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयकाविरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाए।
सांसद पौडेलले नेपाली कांग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।